सुर्खेतमा बस दुर्घटना हुँदा १२ जना घाइते


सुर्खेत- सुर्खेतमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट जाँदै गरेको रात्रिबस  सिम्ता गाउँपालिका–३ मा ना ४ ख ९३१७ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा रुकुम पश्चिमका ६ जना र जाजरकोटका ६ जना छन्। सबै  घाइतेको सिम्ता गाउँपालिका ६ मा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ ।

बसमा १९ जना यात्रु सवार थिए । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएकाे छ  ।

प्रतिक्रिया