इलाममा सुहाङले कटाए ११ हजार मत


काठमाडाैं- प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरले अगाडि छन् ।

सुहाङले ११ हजार ७८ मत पाउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३२४ मत प्राप्त गरेका छन् । सुहाङ खड्का भन्दा ३ हजार ७५४ मतले अगाडि छन् ।

यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ६ हजार ९०९मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५१२ मत पाएका छन् ।

 

प्रतिक्रिया