बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन आदेश


काठमाडौं– सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रत्यर्थी (प्रतिवादी) झिकाउने आदेश गरेको हो।

जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि त्यसविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो ।

सो पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार मुद्दाका प्रत्यर्थी अर्थात गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो ।  २०७६ कात्तिक ४  गते सुनसरीको चतरास्थित आश्रममा गिरीले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै  एक अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया