काठमाडौंमा एकैदिन दुईजना मृत फेला


काठमाडौं- काठमाडौंमा एकैदिन दुईजना मृत अवस्थामा फेला परेका छन् । कुलेश्वर र कीर्तिपुरमा शनिबार दुवै जना मृत फेला परेका हुन् ।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित सडकमा धादिङ मलेखु नगरपालिका-२ घर भई काठमाडौँ कुलेश्वर डेरा गरी बस्ने ५१ वर्षीय रमेश परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कीर्तिपुर नगरपालिका-३ खसीबजार बस्ने ३८ वर्षीय रमेश श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया