उपनिर्वाचन: बझाङमा एमालेबाट उम्मेदवार बनेका भण्डारीलाई पितृशोक


काठमाडौं- वैशाख १५ गते हुन लागेको बझाङ प्रदेश सभा (ख) को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका दमन भण्डारीलाई पितृशोक परेको छ ।

बिरामी रहेका ८८ वर्षका चक्र भण्डारीको बझाङ छबिसपाथिभरा गाउँपालिका १ भण्डारी गाउँमा निधन भएको हो ।

उनको भोलि दाहसंस्कार गर्ने परिवार स्रोतले बताएको छ ।

प्रतिक्रिया