

धादिङमा गुड्दा गुड्दै ट्रकमा आगलागी

धादिङ- रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बाेकेर काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आगलागी भएको छ ।
मंगलबार बिहान पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो । केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए ।
गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।
धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको बताइएकाे छ ।

