

बारामा सईले लोड गरिएको पेस्तोल हराएपछि…

बारा- बाराको इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ नायव निरीक्षक (सई)ले बोकेको अटोमेटिक पेस्तोल हराएको छ। वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल सोमबार रातिदेखि गायब भएको हो।
सोमबार रातिमा गस्ती गएको बेला उनले बोकेको १० वटा गोली लोड अवस्थाको पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

