
पाँचथरमा जीप दुर्घटना हुँदा १४ जना घाइते, ७ गम्भीर
पाँचथर- पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाका अनुसार ताप्लेजुङदेखि झापा जाँदै गरेको मे १ ज १९४७ नम्वरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो । जीप सडकदेखि ५० मिटर तल झरेको छ ।
दुर्घटनामा परेकामध्ये उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर-६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइलीलाई झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



कागजपत्र |
