नेत्री सूकीमाथि म्यानमारमा सेनाले लगाए अहिलेसम्मकै गम्भीर आरोप


म्यानमार – म्यान्मारका सैन्य शासकहरूले नेत्री आङ सान सू चीले गैरकानुनी रूपमा छ लाख डलर र सुन स्वीकार गरेको आरोप लगाएका छन्।

नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)को सरकारमा रहँदा उक्त रकम र सुन उनले भ्रष्टाचार गरेको सेनाले आरोप लगाएको हो।

म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो । ‘सेनाले चुनावी अनियमितताबारे आफ्नो रिपोर्ट पठाएको थियो तर म्यानमारका राष्ट्रपतिले चुनाव आयोगसँग यसबारे कुनै पनि कारवाही नगर्ने बताएको थियो,’ तुनले भने। यद्यपि, उनले कुनै पनि प्रकारको प्रमाण भने पेश गरेनन् ।

प्रतिक्रिया