
कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकियो : महामन्त्री शर्मा
इलाम – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताएका छन् ।
इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित उपस्थित हुने भन्दै कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताएका हुन् ।
अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित नभएको भन्दै उनले संसदीय छानबिन समिति बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।
उनले अब संसद बस्दैगर्दा कांग्रेस प्रमाणका साथ उभिने बताए ।



कागजपत्र |
