राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने ओलीको तयारी


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक भोलिदेखि सुरु हुँदैछ। कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा एमालेले भोलिदेखि वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा बैठक बस्न लागेको हो।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । राजनीतिक प्रतिवेदनले पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने उनले दाबी गरेका छन् ।

विगतको गठबन्धन सरकारका कारणले मुलुकले विभिन्न चुनौतीको सामान गरिरहेको उनको भनाइ छ।

प्रतिक्रिया