

एसिसी प्रिमियर कपः नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले खराब सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ रन बनाउँदा दुवै ओपनरलाई गुमाएको छ।
इनिङको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा आसिफ शेख व्यक्तिगत ८ रनमा गुमाएको थियो ।
समाचार तयार हुँदासम्म नेपालले ४ ओभरमा २ विकेट गुमाएर १३ रन बनाएको छ ।
नेपालको ब्याटिङमा अहिले कप्तान रोहित पौडेल र सन्दीप जोरा मैदानमा रहेका छन् ।

