
ललितपुरकाे झाँक्री डाँडामा शव फेला, घटनास्थलमा स्कुटर पनि
काठमाडौं- ललितपुरमा एक युवकको शव फेला परेको छ । बिहीबार बागमती गाउँपालिका ३ स्थित झाँक्री डाँडामा भिरबाट लडेको अवस्थामा एक जना युवकको शव भेटिएको हो ।
शव सडकबाट करिब ३०० मिटर तल जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । उनले शव निकाल्ने प्रयास भइरहेको बताए ।
घटनास्थलमा ०४२ प ७९२६ नम्बरको स्कुटर पनि फेला परेको छ। स्कुटरको ब्लू बुक रामेछापको सुनापती गाउँपालिका- १ घर भएका रोहित गौतमको नाममा छ।



कागजपत्र |
