
म पद छाड्नेवाला छैन, लड्नेवाला नै छुः प्रचण्ड
‘ओलीविरुद्ध १९ बुँदे प्रतिवेदन लेख्दा जानीबुझी प्रहार गरेको हुँ, केही साथी हामीलाई छाड्दा कमजोर भएको अनुभूति भयो’
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखेको १९ बुँदे प्रतिवेदन जानीबुझी प्रहार गरेको बताएका छन्।
विहीबार पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अब सम्झौता गर्न नसकिने देखेका कारण नै ओलीविरुद्ध उक्त प्रतिवेदन लेखेको बताएका हुन्।
उनले माओवादी युद्धमा साथ दिएका लडाकुदेखि कार्यकर्तासम्म खाडी मुलुकसम्म पुग्नुपरेकोमा माफी मागेका उनले अहिले केही साथी छुटेकामा कमजोर भएको अनुभूति भएको पनि बताए।
उनले संगठनमा आफूले कम ध्यान दिएको स्वीकार गर्दै अब कोर्स करेक्शन गर्ने बताउँदै भने,‘म अब जनताको बीचमा गएर संघर्षको मैदानमा नै उत्रिनेवाला छु।’
कतिपयले अहिले उमेर भयो र छाड्नुपर्छ भन्ने कुरा आइरहेको भन्दै उनले भने,‘म जनयुद्ध लड्दा ४६ बर्षको थिएँ, अहिले ६६ बर्षको भएँ। माओत्सेतुङले ७२ बर्षसम्म गर्नुभयो। म छाड्नेवाला छैन, म लड्नेवाला नै छु।’



कागजपत्र |
