उकालो लाग्यो सुनको मूल्य


काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ८६ हजार २०० मा कारोबार भएको छापावाल सुनको मुल्य बिहीबार ६०० ले वृद्धि भएर तोलाको ८६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यस्तै नेपाली बजारमा तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १२८५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया