

१५ वर्षीया किशोरीमाथि फकाएर बलात्कार

प्युठान- १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । झिमरुक गाउँपालिका-७ सिमलचौर बस्ने २६ वर्षीय नवीन जिसीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिसीले ती किशोरीलाई शनिबार राति ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

