बाख्रा खोरमा छिरेको चितुवालाई कुकुरले मारे


पोखरा- कास्कीको माछापुच्छ्रेमा कुकुरले चितुवा मारेका छन् ।  शनिवार दिउँसो स्थानीयको बाख्रा खोरमा छिरेको चितुवालाई नियन्त्रणमा लिने क्रममा २ वटा कुकुर छोडिएको थियो ।

ती कुकुरले आक्रमण चितुवा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।  कुकुर पनि घाइते भएका छन् ।

एक्यापको टोली, प्रहरी र जनप्रतिनिधि समेतको रोहबरमा मृत चितुवालाई गाडिने बताइएकाे छ ।

प्रतिक्रिया