अब राजा फर्काउने कुरा असम्भव : देउवा


काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा स्व. सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले  बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।

‘बहुदलीय व्यवस्थामात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरू सबै मरे । अर्को राजा आएपछि त झन् ऊ चाहीँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुपर्‍यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन’ उनले भने’ यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ ।  अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले।’

प्रतिक्रिया