

गाउँपालिकाका पूर्वउपाध्यक्ष गिरी पक्राउ, जातीय भेदभाव गरेकाे आरोप

झापा- झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । गिरीलाई इलाका प्रहरी कार्यालय, अनारमनीले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति, झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध चैत २८ गते जाहेरी दिएका थिए ।
सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

