सिड्नीको एक सपिङ मलमा गोलाबारी र चक्कु प्रहार


सिड्नी-  सिड्नीको एक सपिङ मलमा गोलाबारी र चक्कु प्रहारको घटना भएको छ । घटनामा एक जनामाथि गोली प्रहार गरिएको छ भने ९ महिने शिशुसहित कयौँमाथि छुरा प्रहार गरिएको बताइएको छ ।

स्थानीय मिडियाले घटनामा कम्तीमा चार जनाको मृत्यु भएको बताएको छ । स्थानीय समयअनुसार साँझ ४ बजे चक्कु प्रहारको घटनापछि गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्थानीयलाई सो क्षेत्रमा नजान आग्रह गरेको छ ।

प्रतिक्रिया