

एक लाख ५० हजार घुस सहित राजस्व कार्यालयका कर अधिकृत पक्राउ

जनकपुरधाम – आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत डेढ लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत रमेश ढकाललाई एक जना बिचौलियासँगै घुस रकमसहित पक्राउ गरेको हो । कर अधिकृत ढकाल र बिचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगले जनाएको छ ।
बुधवार साँझ स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा दुवै जना पक्राउ परेका हुन् । दुवै जनाले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारको भनाइ छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

