

मुख्यमन्त्री महराले मागे विश्वासको मत

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा विश्वासको मत मागेका छन् । योग्य देखेर नै आफूलाई मुख्यमन्त्री बनाएको भन्दै उनले वार्षिक क्यालेण्डर बनाएर विकासका योजना तर्जुमा गर्ने बताए । यस्तै दलहरूको सहमितमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए ।
महरालाई पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

