महाशिवरात्री : देशैभरीका शिवालयहरूमा भव्य तयारी, पशुपतिका चारवटै ढोका बिहान ३ बजे नै खोलिने


काठमाडौं – महाशिवरात्री, भगवान महादेवको पूजा आराधनाको विशेष दिन हो । सोही अनुसार बिहिबार महाशिवरात्रीका लागी पशुपतिनाथ लगायत देशैभरीका शिवालयहरूमा गरिएको भव्य तयारी लगभग पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कोरोना महामारी नसकिएकाले पशुपति क्षेत्र विकास कोषले यस पटक शिवरात्रीमा भीडभाड कम गर्ने कोसिस गरेको छ । तर, झण्डै ९ महिना बन्द भएर गत पुस १ गते देखि खोलिएको पशुपतिनाथको मन्दिरमा दशनार्थीको भीड लाग्ने निश्चित रहेको छ ।

बिहिबार बिहान ३ बजे देखि नै मन्दिरका चारै वटा ढोका खुला हुनेछन् भने भक्तजनहरूलाई मन्दिरमा प्रवेश गर्न तीन लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिए । महाशिवरात्रीका लागी देशका विभिन्न स्थानका साथै छिमेकी देश भारतबाट पशुपतिनाथ दर्शनका लागि साधुसन्तहरू आइसकेका छन् ।

प्रतिक्रिया