


जसपाको माग प्रति सरकार सकारात्मक छ : सुवास नेम्वाङ

काठमाडौं – एमाले नेता सुवास नेम्बाङले जसपाको माग प्रपत सरकार सकारात्मक रहेको बतएका छन् ।
नेता नेम्वाङले जसपा सांसद रेशम चौधरीलाई रिहा गर्न सरकार सकारात्मक भएको बताउदै जसपाको माग प्रति सरकार सकारात्मकम रहेको बताएका हुन् ।
प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेम्बाङले जसपाका मागलाई स्विकार गर्दै कानुनबमोजिम आफूहरु अगाडी बढ्ने बताए ।
जसपासँग निरन्तर कुरा भएको र रेशम चौधरीलगायत मधेश आन्दोलनका विषयमा मधेशी दल गम्भीर भएका पनि उनले बताए।

