नौकुण्ड गाउँपालिकाका प्रमुख नुर्बु स्याङ्बो मानव बेचबिखनको अभियोगमा पक्राउ


काठमाडौं — रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाका प्रमुख पक्राउ परेका छन् ।

मानव बेचबिखनको अभियोगमा नौकुण्ड गाउँपालिकाका प्रमुख नुर्बु स्याङ्बो घले पक्राउ परेको प्रहरीले जनाएको छ ।

गाउँपालिका प्रमुख नुर्बुलाई काठमाडौंबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

नुर्बु नेपाली कांग्रेसबाट दोस्रोपटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया