

अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

अर्घाखाँची- अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए । दुर्घटनामा परी २ जना बच्चासहित ६ जना घाइते भएका छन् ।
गाडी सडकबाट करिब २०० मोटर तल खसेको र घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

