डढेलो निभाउन जाँदा घाइते भएका सैनिकको मृत्यु संख्या ३ पुग्यो


काठमाडौं – डढेलो निभाउन जाँदा घाइते भएका सैनिकको मृत्यु संख्या ३ पुगेको छ ।

डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो ।

चैत २५ गते चार जना सैनिकहरू घाइते भई जिल्ला अस्पताल डोल्पामा उपचारका लागि लगिएकोमा एक जनाको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

बाँकी तीन जना घाइतेहरुलाई नेपाली सेनाको हवाई साधन मार्फत काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएकोमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस्तै एक जनाको भने सोही अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया