

सोनिया गान्धीले लिइन् राज्यसभा सांसदको शपथ

काठमाडौं- भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले राज्यसभा सांसदको शपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् ।
बिहीबार भारतको नयाँ संसद् भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई शपथ गराएका हुन् ।
सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् ।

