अर्कैसँग लागेको भन्दै विदेशबाट आएका पतीले गरे पत्नीको हत्या


झापा- झापाको बाह्रदशी गाउँपालिका-१ मा  श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार बिहान  ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी  ३३ वर्षीया श्रीमती ममसरी राजवंशीको हत्या गरेका हुन् ।

घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी चार दिनअघि मात्र घर आएका थिए ।

श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया