

कैलालीमा उखु बोकेको ट्रकमा आगलागी

कैलाली – कैलालीमा उखु बोकेको ट्रकमा आगलागी भएको छ ।
जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा उखु बोकेको ट्रकमा बुधवार आगो लागेको हो। ट्रकमा रहेको उखुमा क्षति भएको छ भने ट्रकमा क्षति नभएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हसुलियाका अनुसार कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागि भएको हो । ट्रकमा विद्युत तार छोएर आगलागी भएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्।

