दाङमा दुई बस ठोक्किए, १३ यात्रु घाइते


दाङ- दाङकाे देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।

लमही नगरपालिका- ३ वनगाउँमा दुई वटा बस एकापसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएका थिए ।

दुवै बसमा सवार  घाइते यात्रुकाे लमही अस्पतालमा उपचार भइरहेको छ  ।

प्रतिक्रिया