
कमल सिंह ऐरीको ह्याट्रिकका साथ आयरल्याण्ड १५७ रनमा ‘प्याक’
काठमाडाैं – कीर्तिपुरमा जारी नेपाल ए र आयरल्याण्ड ए बीचको खेलमा नेपालले १५८ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ३८.३ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।
नेपालका लागि कमल सिंह ऐरीले ह्याट्रिक लिएका थिए । उनले अन्तिमका ३ विकेट लगातार बलमा लिएका थिए ।
आयरल्याण्डले अन्तिम १० ओभरमा १४ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।
आयरल्याण्डका लागि कार्डे कार्मिकलले ५१ रन बनाउँदा कप्तान निल रकले ३९ रन बनाएका थिए ।
नेपालका लागि कमल सिं ऐरीले ४ विकेट लिएका थिए भने सहबाब आलम र मौसम ढकालले २/२ विकेट लिएका थिए ।



कागजपत्र |
