जीवी राई गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ : विश्वप्रकाश शर्मा


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जीवी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको  सूचना पाएको बताएका छन्।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मलेसियामा रहेका राईलाई किन पक्राउ नगरेकाे भन्दै उनले प्रश्न गरे।

‘माघ १६ गते रवि लामिछाने गृहमन्त्री हुनुहुन्थ्यो । खरो स्वरमा बोलेर भन्नुभयो सरकारले जीवी राईलाई पक्राउ गर्न चाहेन । खोज्नै चाहेन । अहिले बोल्दै गर्दा भनिदिनुभयो आकाशमा होलान्, पातालमा होलान् हामी लिएर आउँछौँ । मलेसियामा छन् दुनियाँलाई थाहा छ । मलेसियाको कानून पनि हेर्नुहोला । जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो’ उनले भने- ‘मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।’

प्रतिक्रिया