

बरोडालाई नेपालले दियो १५७ रनको लक्ष्य

काठमाडौं – नेपालले भारतमा चलिरहेको ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा बरोडालाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले २५ बलमा सर्वाधिक ४० रनको योगदान गरे । उनी अविजित रहे ।
सन्दीप जोराले पनि टोलीका लागि १६ बलमा २९ रनको योगदान गरे । अनिल साहले २७ बलमा २५ रन बनाए । कप्तान रोहित पौडेलले पनि १३ बलमा १८ रन बटुले । नेपालका लागि गुलसन झाले १४ बलमा १३ रन बनाए ।
यसैगरी कुशल भुर्तेलले ११ बलमा नौ रन बनाएका थिए भने आसिफ शेख पनि १२ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किए ।
दीपेन्द्रसिंह ऐरी पाँच बलमा पाँच रन बनाउँदै अविजित रहे । बरोडाका बलर बाबा खानले दुई तथा मोहित मोंगिया र परिक्षीत पाटिदरले एक–एक विकेट लिए ।

