चाँदीको गहनासहित एकजना पक्राउ


मोरङ- सशस्त्र प्रहरीले मोरङमा आठ लाख ७४ हजार ५५२ रुपियाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङको बेलबारी नगरपालिका–७ बाहुनीबाट चैत १७ गते सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई नियन्त्रणमा लिएको हो ।

डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार खत्रीलाई १७ केजी नौ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको हो ।

बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सहप्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया