
युवराज सफलले रविलक्षित दायर गरेको रिटमा कारण देखाउ आदेश
काठमाडौं- युवराज सफलले सर्वोच्च अदालतमा स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने कानुनी व्यवस्था गर्न भन्दै दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै कारण देखाउ आदेश जारी गरेको हो ।
सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभा, राष्ट्रिय सभालगायत राजनीतिक दलहरुलाई विपक्षी बनाएका छन् । सुशासन ऐन–२०६४ को दफा १८ मा समेत स्वार्थ बाझिएकोमा निर्णय गर्न नपाउने भनी प्रष्ट व्यवस्था रहेको उनको दाबी छ ।
गृहमन्त्री रवि लामिछाने लक्षित गरेर उनले जाहेरी दरखास्त परेको व्यक्तिलाई प्रधानमन्त्री र प्रहरी प्रमुखले समेत प्रतिरक्षा गरेको रिट निवेदनमा उल्लेख गरेका छन् ।
स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने गरी संविधान र कानुनको व्याख्या गरी सो को कार्यान्वयन गर्नु गराउनु भनी परमादेश जारी गर्न उनले माग गरेका छन् ।



कागजपत्र |
