तिहाड जेल जाँदा–जाँदै केजरीवालले मागे यी ३ पुस्तक सँगै लैजान अनुमति


नयाँदिल्ली – १५ दिनका लागि न्यायिक हिरासतमा जान लागेका भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलमा जाँदा ३ वटा किताब लैजान माग गरेका छन् ।

अदालतले तिहाड जेलमा न्यायिक हिरासतमा राख्न आदेश दिएसँगै केजरीवालले ३ वटा पुस्तक लैजानका लागि माग गरेका हुन् । उनले जेलमा बस्दा रामायण, भागवत गीता र हाउ प्राइम मिनिस्टर्स डिसाइड नामक पुस्तक लैजानका लागि इजाजत माग गरेको जनाइएको छ ।

केजरीवालले माग गरेका २ धार्मिक पुस्तक छन् भने अर्को चाहिँ सन् १९८० देखि २०१४ सम्मका भारतीय ६ प्रधानमन्त्रीले गरेका निर्णयहरुको बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया