पोखरामा दुर्घटना भएर ठाडै उभियो बस, तस्बिर भाइरल


काठमाडौं- पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा भएका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । बसमा अन्य यात्रु नभएको बताइएको छ ।

दुर्घटनापछि सडकमा ठाडै उभिएको बसको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतिक्रिया