

एमाले र माओवादीले पार्टी एकताका बेला संकलन गरेका कुर्सी, टेबल बाँडे

ताप्लेजुङ – सर्वोच्च अदालतको निर्णयपछि नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले कुर्सी र टेबल बाँडेका छन् । अदालतको निर्णयपछि मंगलबार अन्तिम बैठक गरेका दुई पार्टीले एकताका बेला संकलन गरे जसरी नै वितरण गरिएको हो ।
छुट्टै कार्यालय राख्ने भएको माओवादी केन्द्रले सोफासेट, तीनवटा दराज, टि टेबल र ५० वटा कुर्सी ल्याउने तयारी भएको माओवादी केन्द्रका कार्यालय सचिव सुरज ओझाले बताए ।
एमालेको भने दुईवटा पार्टी कार्यालय हुने भएको छ । माओवादीलाई बिदाई गरेपछि बलबहादुर साम्सोहाङ नेतृत्वले पुरानै कार्यालयमा एमालेको बोर्ड राख्ने भएको छ भने केपी शर्मा ओली समूहले नियुक्त गरेको भुपेन्द्र थेबे नेतृत्वको समूहले मंगलबार बिहानै बोर्ड राखेको छ ।

