


४५ वर्षकी महिलालाई बारीमा करणी गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

काठमाडाैं- तेह्रथुममा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

