

रामनगरमा माइक्राे दुर्घटना, ८ घाइते, ४ काे अवस्था गम्भीर

चितवन – नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ रामनगरमा आज बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन् ।
भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो ।
रामनगरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि सुरक्षा जाँच भइरहँदा बिहान ५ बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य ४ जना गम्भीर घाइते भएको पनि जनाइएको छ ।
दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

