उपनिर्वाचनः माओवादी केन्द्रले इलाम र बझाङ दुवैमा उम्मेदवारी दिने


काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम २ र बझाङ १ मा उम्मेदवारी दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने माओवादीले गरेको छैन ।

इलाम २ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ ।

बझाङमा प्रक्रिया अगाडि बढाएको छैन ।

प्रतिक्रिया