घट्यो सुनचाँदीको मूल्य


काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया