ई–रिक्सा चार्ज गर्दा करेन्ट लाग्यो, गौरी देवीले गुमाइन् ज्यान


जनकपुरधाम- जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।  घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया