मोरङमा ८ महिनामै ५८ जनाले त्यागे नेपाली नागरिकता


मोरङ- मोरङमा चालू आर्थिक वर्षको ८ महिनामा ५८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए ।

२०६६ सालदेखि नागरिकता परित्याग गर्नेको संख्या १८४ जना पुगेकाे छ । वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया