

मावि शिक्षक बढुवा नतिजा प्रकाशित

काठमाडौँ – शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले जिल्लागत शिक्षक बढुवाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले विज्ञापन नम्बर ११/८०/८१ को आन्तरिक प्रतियोगिता बढुवा माध्यमिक तह, द्वितीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारको नतिजा बिहीबार (चैत ८ गते) सार्वजनिक गरेको हो ।
आयोगले चैत ७ र ८ गते अन्तर्वार्ता लिएको थियो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभवसमेतको प्राप्ताङ्कको आधारमा बढुवा भएका शिक्षक सिफारिस गरिएको हो ।

