पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी पर्वतका सापकोटा पक्राउ


काठमाडौं – पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पर्वत फलेवास नगरपालिका-२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सापकोटाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित प्याकिङ कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

प्रतिक्रिया