राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त, पौडेल भए सचिवमा बढुवा


काठमाडौं — सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जनालाई नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नयाँ सत्ता समीकरण बनेसँगै यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त थियो ।

त्यसका साथै मन्त्रीपरिषद्ले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया