५ दिनका लागि चीन जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ, बीआरआई अगाडि बढाउने तयारी


काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने तयारी गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चैत ११ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनले विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने र बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गत सञ्चालन गर्ने आयोजनाका सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री पाँच दिनका लागि चीन जाने छन् । उनले त्यहीँबाट मानसरोवर पनि जाने तयारी पनि गरेका छन् ।

 

प्रतिक्रिया