हङकङमा सरकारविरूद्ध विद्रोह गरे आजीवन काराबास


हङकङ- हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानून पारित भएको छ । हङकङले कडा सुरक्षा कानून पारित गरेसँगै नागरिकको स्वतन्त्रता हनन् हुने बारेमा उतिकै चिन्ता व्यक्त गरिएको छ ।

अधिकारीहरूले स्थायित्वका लागि सो कानुन आवश्यक रहेको बताए पनि आलोचकहरूले भने सो कानुनले नागरिक स्वतन्त्रतालाअ थप खलल् पार्ने डर रहेको जनाएका छन् ।

हालै पारित गरिएको धारा २३ सबन्धी कानुनले बाह्य हस्तक्षेप र विद्रोह जस्ता नयाँ अपराधहरूलाई लक्षित गरेको छ र पुष्टि भएमा दण्ड स्वरूप आजीवन कारावासको सजाय दिने विषय समावेश गरिएको छ ।

यो दुई हप्ताभन्दा कम समयमा बेइजिङ समर्थक संसदले अन्तिम चरणमा छिटो पारित गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएका छन् । धारा २३ ले विवादास्पद राष्ट्रिय सुरक्षा कानूनलाई पहिले चीनले लागू गरेको थियो। त्यो कानून अनुसार पहिले नै हङकङमा पृथकता, विध्वंस, आतंकवाद र विदेशी सेनासँग मिलेमतोलाई अपराधीकरण गरिसकेको छ ।

तर हङकङका नेता जोन लीले धारा २३ सम्भावित तोडफोड र समस्याहरू सिर्जना गर्न खोज्ने अन्डरकरेन्टबाट जोगाउन पनि आवश्यक रहेकाे बताए । ‘विशेष गरी स्वतन्त्र हङकङको विचार राख्नेहरूलाई यसले नियन्त्रण र दण्डित गर्नेछ’ उनले भने। उनका अनुसार हङकङका जनताले यो कानुनका लागि २६ वर्षदेखि पर्खिरहेका थिए, जुन पारित भए पछि ऐतिहासिक क्षणको रूपमा लिइनेछ ।

 

 

प्रतिक्रिया